काठमाडौँ, २४ असोज। बिरिसु मिडियाले आयोजना गरेको पहिलो स्टार म्युजिक एण्ड फिल्मस अवार्डको टप-५ मा पर्न सफल मनोनितहरुको नाम सार्वजानिक गरेको छ। अनामनगरको युनियन हाउसस्थित शनिबार एक कार्यक्रमबिच नोमिनेशन सार्वजानिक एंव प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न भएको हो ।
४८ बिधामा नोमिनेशनमा पर्न सफल १३७ जनालाई प्रमाण पत्र वितरण गरिएको बिरिसु मिडियाका निर्देशक सुम्सिता स्याङ्तानले जानकारी दिइन । कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै पुर्व उर्जा राज्यमन्त्री सुर्यमान दोङ (लालध्वज) ले कलाकारलाई प्रोत्साहन र हौसला
दिन आयोजना गरेको अवार्ड कार्यक्रम प्रसंशानिय काम भएको बताएका छन । साथै उनले सम्मान भन्ने कुरा मलाई लेउ भन्ने जस्तो हुन नहुने धारणा राखे ।
ुअहिलेको कतिपय सम्मान आँफैले लिने खालको भएको जस्तो लाग्छ । सम्मान भन्ने कुरा मलाई लेउ भन्ने जस्तो हुनु हुँदैन । कार्यक्रमको फाइनल निष्पक्ष होस्–उनले भने । नेपाली साङ्गीतिक क्षेत्रमा लागेका कलाकारलाइ प्रोत्साहन मिलोस भनेर कार्यक्रम आयोजना गरिएको बिरिसु मिडियाका अध्यक्ष विवेक लोपचनले बताए ।
अध्यक्ष लोप्चनले अवार्ड कार्यक्रमको फाइनल भने मङसिर ११ गते गरिने र स्थान बारे भने भोटिङ कोड उपलब्ध गराउने दिनमा जानकारी दिने बताए ।
अवार्ड कार्यक्रमको फाइनलमा ३ दशक भन्दा लामो समयदेखी सांगीतिक क्षेत्रमा विशेष योगदान दिदै आएका बरिष्ठ संगीतकार एंव गायक सम्भुजित बास्कोटालाई १५ हजार १ सय १५ रुपैँया नगदसहित लाइफटाइम अचिभमेण्ट अवार्डबाट सम्मानित गरिने आयोजकले बताए ।
नोमिनेसनमा परेकाहरुलाई एस एम एस भोटिङ्बाट आएको अंकलाई ५० प्रतिशत र जुरिको निर्णय ५० प्रतिशत मानेर अवार्ड दिने आयोजक टिमले बताएको छ ।
कार्यक्रममा कलाकार,पत्रकार, समाजसेवी एंव समाजमा बिशिष्ट योगदान दिने व्यक्तीहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन भने पत्रकार कृष्ण खड्काले गएका थिए ।




प्रतिक्रिया