Logo

फिफा विश्वकप छनोटः पोल्याण्डको शानदार जित



काठमाडौं, २४ असोज । फिफा विश्वकप अन्तरगत युरोपियन छनोटमा पोल्याण्डले शानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा पोल्याण्डले सान मारिनोलाई ५–० गोल अन्तरले पराजित गरेको हो ।
पोल्याण्डको जितमा खेलको १०औं मिनेटमा कारोल स्विडेर्स्कीले गोल गर्दै सुरुवाति अग्रता दिलाएका थिए । मारिनोका २०औं मिनेटमा क्रिस्टियन ब्रोल्लीले आत्मघाती गोल गरे ।

खेलको ५०औं मिनेटमा टोमस्ज केडजिरोले गोल गर्दा पोल्याण्डले ३–० गोलको अग्रता लियो । यस्तै, ८४औं मिनेटमा एडम बुक्साले गोल गरे । साथै, खेलको इन्जुरी समयमा क्रेजिस्टोफ पियाटेकले गोल गर्दा पोल्याण्डले शानदार जित निकालेको हो ।

यस जितपछि पोल्याण्डले ७ खेलमा १४ अंक जोडेको छ । समूह ‘आई’को पोल्याण्ड अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्