Logo

अमेरिका जान खोज्ने नेपालीसहित १२६ आप्रवासी ग्वाटेमालामा अलपत्र कन्टेनर भित्र भेटिए



काठमाडौं, असोज २४ । सडक छेउमा एउटा कन्टेनरमा अलपत्र छाडिएका १२६ जना आप्रवासीलाई ग्वाटेमालामा प्रहरीले उद्धार गरेको छ।

कन्टेनरभित्र चिच्याएको स्थानीयहरूले सुनेपछि बिहानको समयमा उनीहरूको उद्धार गरिएको बताइएको छ। उनीहरूलाई मेक्सिको हुँदै अमेरिका पुर्‍याउनका लागि रकम असुलेका मानव तस्करहरूले त्यहाँ छोडेको हुनसक्ने सरकारी निकायहरूको विश्वास छ।

१२६ मध्य १०० भन्दा बढी राजनीतिक सङ्कटमा फसेको हेइटीका नागरिक छन्। नेपाल र घानाका नागरिक पनि कन्टेनरमा रहेको बीबीसीले उल्लेख गरेको छ ।

उद्धारपश्चात् प्रतिक्रिया जनाउँदै एक जना प्रहरी प्रवक्ताले भने, ुुहामीले कन्टेनरबाट कराएको र भित्ता बजारेको आवाज सुन्यौँ। हामीले ढोका खोल्यौँ र आधिकारिक कागजात नभएका १२६ मानिस फेला पार्‍यौँ।

ग्वाटेमालाको आप्रवासन सम्बन्धी निकायकी प्रवक्ता आलेखान्द्रा मेनाले ती आप्रवासीहरू होन्डुरस पुगेको र त्यहाँबाट असुरक्षित रूपमा उत्तर हुँदै अमेरिका तर्फ अघि बढेको बताएकी छन्।



प्रतिक्रिया दिनुहोस्