Logo

हमालको राजीनामा स्विकृत



काठमाडौं, २४ असोज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले दिएको राजीनामा स्विकृत भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आज विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर बुझाएको राजीनामा प्रधानमन्त्री देउवाले स्विकृत गरेका हुन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग नाम जोडेर समाचार आएपछि उनले स्वविवेकले आफूले राजीनामा दिएको बताएका छन् ।

हमालले राजीनामा दिन लागेको समाचार आज विहानै रिपोर्टर्स नेपाल डटकमले खुलासा गरेको थियो । हमालले पत्रकार ऋषि धमलासँग फोनमा आफूले आजै राजीनामा दिन लागेको जानकारी दिएका थिए । उनले आफू लोकतन्त्रको पक्षमा लडेको व्यक्ति भएकोले पदभन्दा ठूलो व्यवस्था भएको पनि प्रतिक्रिया दिएका थिए । हमाल कांग्रेसमा सुरुदेखि नै देउवानिकट मानिन्छन् । हमालले आफ्नो नियुक्तीलाई लिएर प्रधानन्यायाधीश जबरासँग नाम जोडिँदा राम्रो सन्देश नगएको पनि ठम्याएका छन् ।

Related News:

मन्त्री हमालद्वारा राजीनामाको घोषणा

‘पदभन्दा व्यवस्थाका लागि लडेको व्यक्ति भएकाले राजीनामा दिए’

मन्त्री हमालले प्रधानमन्त्रीलाई राजिनामा बुझाए

ज्योतिषले पनि राजीनामा दिन भन्नुभयो, त्यसैले राजीनामा दिन लागेको हुँ : मन्त्री हमाल



प्रतिक्रिया दिनुहोस्