काठमाडौं, २४ असोज । अरुणभ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आज तय गरिएको साधारण सभाको स्थान परिवर्तन भएकोे छ । कम्पनीले आज थापाथलीस्थित ट्रेड टावरमा गर्ने भनिएको सभा होटल ल्यान्डमार्क दरबारमार्गमा गर्ने निर्णय गरेको हो ।
कम्पनीको सभा भर्चुअल माध्यमबाट आज बिहान ११ बजेबाट चलिरहेको छ। कम्पनीले ०७७/७८ को नाफाबाट १० प्रतिशत बोनस शेयरसँगै कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव गरेको छ ।




प्रतिक्रिया