Logo

नेपाल बैंकले ल्यायो चाडपर्व लक्षित २ वटा विशेष सुविधा, नेपाल बैंकमा खाता खोल्दा टेलिकमबाट सुविधा पाइने



काठमाडौं, २४ असोज । नेपाल बैंकले चाडपर्व लक्षित २ वटा विशेष सुविधासहितको बचत खाता सञ्चालनमा ल्याएको छ । नेपाल बैंकमा सो खाताहरु खोल्ने ग्राहकलाई विशेष सुविधाका प्याकेजहरु दिने जनाइएको छ । सो सुविधाका लागि बैंक र नेपाल टेलिकमबीच सम्झौता भएको छ । सो सम्झौतामा नेपाल टेलिकमका चिफ कमर्सियल अफिसर प्रतिभा वैद्य र नेपाल बैंकका चिफ फाइनान्स अफिसर होमबहादुर खड्काले हस्ताक्षर गरेका छन् ।

बैंकको अनुसार सम्झौताअन्तर्गत बैंकले विद्यार्थी र दम्पत्तिलाई लक्षित गरी ल्याएको नयाँ बचत खाता ‘शुभज्ञान बचत’ खाता खोल्दा विद्यार्थीलाई ‘सहयात्री बचत’ खाता खोल्दा दम्पत्तिलाई ४ वटा बम्पर अफर प्रदान गरिने भएको छ । शुन्य व्यालेन्समा ‘शुभज्ञान बचत खाता’ र ५०० रुपैयाँ न्यूनतम व्यालेन्समा ‘शहयात्री बचत खाता’ खोल्न सकिने छ । जसमा नेपाल टेलिकमको निःशुल्क सिमकार्डका अतिरिक्त विशेष सुबिधाका प्याकेजहरु उपलब्ध हुने छन् ।

टेलिकमले दिएका अफरहरुमा नेपाल टेलिकमको निःशुल्क सीममार्फत विद्यार्थी र दम्पत्तिलाई सिम एक्टिभ भएको मितिले एक महिनासम्म हरेक दिन १० एसएमएस, १०० एमबी डाटा र ४० मिनेट भ्वाइस कल निःशुल्क उपलब्ध हुने छ । त्यसैगरी नेपाल बैंकको मोबाइल बैकिङ्ग एप चलाउँदा १ वर्षसम्म इन्टरनेट शुल्क नलाग्ने र यो योजना अन्तर्गत खाता खोल्ने ग्राहकलाई नेपाल बैंकले थप १ महिनाको लागि १ जिवी डाटा निःशुल्क उपलब्ध गराउने जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्