Logo

बाबुराम दाहाल र ऋषिराम घिमिरे जनता जान्न चाहन्छन् कार्यक्रममा, के भने ? (भिडिओसहित)



काठमाडौं, २४ असोज । अधिवक्ताहरू बाबुराम दाहाल र ऋषिराम घिमिरेसँग पत्रकार ऋषि धमलाले बहस गरेका छन् । प्राइम टिभीबाट हिजो राति प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रमम अधिवक्ताद्धय दाहाल र घिमिरेबीच सवालजवाफ परेको थियो । घिमिरेले अदालतप्रति शंका गर्न नहुने धारणा राखेका छन् । उनले भने,‘ईण्डिपेन्डेन्ट जुडिसिरीमा चाहे बारेको कुनै पदाधिकारी बसेर होस, चाहे सर्वोच्चका प्रधानन्यायाधीशबाट होस, चाहे नेपालका कुनैपनि न्यायाधिीशबाट होस, जुडिसिरीका कुनैपनि न्यायाधीशबाट गलत क्रिया गरिन्छ भने वाचडग बारले छोड्नेवाला छैन् ।’

त्यस्तै, अधिवक्ता दाहालले राजतन्त्रको कालो शासन कालको बेलामा पनि त्यसले गठन गरेको शाही आयोगसमेत सर्वोच्च अदालतले खारेज गरेको सुनाए । उनले भने,‘त्यसैको लिगेसी अहिलेको सर्वोच्च अदालत हो । म तपाईँमार्फत सम्माननीय प्रधानन्यायाधीशलगायत सबै माननीय न्यायाधीशहरुलाई के निवेदन गर्छु भने हेर्नुहोस, यो शाख चाहीँ जोगाउनुपर्छ । त्यसमा कनिष्ठ न्यायाधीशहरुपनि चुप लागेर बस्नुहुँदैन् । सर्वोच्च अदालतको विश्वसनियता जोगिनुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्