Logo

सत्ता कब्जा गरेपछि पहिलोपटक तालिवान र अमेरिकाबीच दोहामा वार्ता



एजेन्सी, २४ असोज। तालिवान र अमेरिकाबीच कतारको दोहामा भेटवार्ता भएको छ। अफगानिस्तानमा सत्ता कब्जा गरेपछि तालिवान र अमेरिकाबीच पहिलोपटक भेटवार्ता भएको जनाइएको हो।

तालिवानका अन्तिरिम विदेशमन्त्री आमिर खान मुत्ताकीको भनाईलाई उदृत तर्दै सञ्चारमाध्यम तासले लेखेको छ,‘कतारको दोहामा अमेरिकी प्रतिनिधिहरुसँग भेटवार्ता भयो । उक्त छेटवार्ता भोलि र पर्सिसम्म चल्ने छ । मानविय सहायताका लागि दुवै प्रतिनिधिबीच छलफल भएको छ । दोहा बैठकलाई निरन्तरता दिइने छ ।’ अमेरिकी जासुसी निकाय (सीआइए) का उपनिर्देशको नेतृत्वको उच्चस्तीय प्रतिनिधिमण्डलले अफगानी तालिवानी सरकारमा विदेश मन्त्री रहेका आमिर खान मुत्ताकीको टोलीसँग वार्ता गरेको हो।

छलफलमा अफगानिस्तानमा रहेका विदेशी नागरिकहरुलाई सुरक्षित रुपमा स्वदेश फर्किन दिने, समावेशी सरकार र महिला अधिकार लगायत मुद्दाहरुमा अमेरिकी अधिकारीहरुले जोड दिएको बताइएको छ। काबुल र वाशिङटनबीचको सम्बन्धको नयाँ पाना खोल्न समते तालिवानको आग्रह थियो । अफगानिस्तानको सर्वभौम र आन्तरिक मामिलामा हस्तक्षेप नगर्न आग्रह गरेका छन् । इयुको डेलिगेशनसँग पनि तालिवान छिट्टै भेछ्ने जनाइएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्