Logo

आर्यनको जमानत याचिका खारेज पछि चर्चित वकिल लिएर शाहरुख खानको घर पुगे करण जौहर



एजेन्सी, २४ असोज । बलिउड सुपरस्टार शाहरुख खानको छोरा आर्यन खान लागुऔषध प्रकराणमा हिरासतमा छन् । आर्यनलाई १४ दिनको लागि अदालतले न्यायिक हिरासतमा लिएको हो ।

उनको तर्फबाट दिइएको जमानत याचिका पनि खारेज भएको छ । आर्यन गिरफ्तार परेपछि केही बलिउडकर्मीहरु उनको समर्थनमा आएका थिए । आर्यनको जमानत याचिका खारेज भएसँगै फिल्म निर्देशक करण जौहर चर्चित वकिल लिएर शाहरुख खानको घर पुगेका छन् ।

करण जौहर शाहरुख खानको बंगलामा पुगेका हुन् । वकिल रुस्तम एन मुला पनि उनीसँगै गएका थिए । उनीहरु दुःखमा परेको साथीलाई सहयोगको लागि शाहरुख खानको घरमा गएको बुझिएको छ ।

आर्यन र अन्य आरोपीहरुलाई आर्थर रोड जेलमा राखिएको छ । आर्यनको वकिलले सेंशन अदालतमा उनको जमानतको लागि याचिका दाएर गरेका थिए । एनसीबीको टिमले मुम्बईको गोवामा भइरहेको लागुऔषध पार्टीको भन्डारफोर गरेको थियो । पार्टीमा बलिउड सुपरस्टार शाहरुख खानको छोरा आर्यन खान पनि थिए । एनसीबीले आर्यनसँगै ७ जनालाई हिरासतमा लिएर घन्टौसमयसम्म सोधपुछ गरेको थियो ।

 



प्रतिक्रिया दिनुहोस्