Logo

हत्या आरोपमा भारतका गृहराज्यमन्त्रीका छोरालाई १४ दिन कैद सजाय



एजेन्सी, २४ असोज। भारतका गृहराज्यमन्त्री अजय मिश्रका छोरा आशिष मिश्रलाई अदालतले १४ दिन कैद सजाय तोकेको छ।  उनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको थियो । उनलाई हत्याको आरोपमा आज अदालतले १४ दिन कैद सजाय तोकेको हो।

उत्तर प्रदेशको लखिमपुरमा आठ जनाको हत्या घटनामा संलग्नताको आरोपमा उनलाई १४ दिन कैद सजाय तोकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । ४० वर्षीय आशिष मिश्रलाई हिरासत हुँदै आज विहान लखिमपुरखेरी जेलमा हालिएको थियो ।

किसान आन्दोलनकारीमाथि सवारी चलाएर चारजनालाई किचेर हत्या गरेपछि आन्दोलनकारीले गाडीमा सवारलाई कुटपिट गरी हत्या गरेका थिए । उक्त सवारीमध्ये एक गृहराज्यमन्त्री अजय मिश्रको भएको भन्दै आशिषको संलग्नताको आरोप लाग्दै आएको छ ।

गृहराज्यमन्त्री मिश्रले आफ्नो छोराको संलग्नता अस्वीकार गरेका छन् । उनले आशिष मिश्रले उक्त सवारी नचलाएको बताउँदै आएका छन् । उनले भनेका छन्, यदि आशिष त्यहाँ हुन्थे भने उनको हत्या हुन्थ्यो ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्