Logo

सिद्धार्थ मल्होत्रासँगको सम्बन्ध बारे कियाराले दिइन् यस्तो प्रतिक्रिया



एजेन्सी, २४ असोज । बलिउड अभिनेत्री कियारा आडवाणी र अभिनेता सिद्धार्थ मल्होत्रा फिल्मको साथै आफ्नो प्रेम सम्बन्धको कारण पनि चर्चामा छन् । यी दुई कार्यक्रममा प्राय एकसाथ देखिन्छन् ।

कियाराले भर्खरै मात्र टाइम्स अफ इन्डियालाई अन्तर्वाता दिएकी छिन् । अन्तवार्तामा क्रममा उनले फिल्म देखि आफ्नो व्यक्तिगत जीवनको बारेमा बताएकी छिन् । कुराकानीमा उनले सिद्धार्थ मल्होत्रा फिल्म उद्योगमा खास दोस्ती भएको बताइन् ।

उनले आफ्ना साथीहरु औलामा गन्न सकिने भएको भन्दै आफु साथीहरुको लागि निकै वफादार रहेको पनि स्पष्ट पारेकी छिन् । उनले सिद्धार्थ मात्रै नभएर सबै साथीहरुलाई धेरै महत्व दिने पनि बताइन् । कियाराले फिल्म क्षेत्रका तथा बाहीर आफ्ना साथीहरुसँग धेरै नजिक भएको पनि जानकारी दिइन् ।

कियाराले सिद्धार्थसँगको आफ्नो सम्बन्धको बारेमा धेरै कुरा गरिन् । सिद्धार्थ र कियाराले हालसम्म आधिकारीक रुपमा भने सम्बन्धको खुलाशा गरेका छैनन् ।

उनीहरु दुवै परमवीर चक्र पुरस्कार विजेता शहीद क्याप्टेन विक्रम बत्रा को बायोपिक ‘शेर शाह’ मा देखिएका थिए। यस फिल्ममा सिद्धार्थ मल्होत्राले विक्रम बत्राको भूमिका निभाएका थिए भने कियारा आडवाणीले उनकी प्रेमिका डिम्पल चीमाको भूमिका निभाएकी थिइन् । दर्शकले फिल्ममा यी दुईको जोडीलाई धेरै मन पराएका थिए ।

कियारा आडवाणी अब चाँडै कार्तिक आर्यन र ‘आरसी १५’ मा दक्षिण भारतीय सुपरस्टार राम चरणसंग ‘भूल भुलैया २’ मा देखिनेछिन्। भुल भुलैया २ मा कियारा र कार्तिक बाहेक तब्बू पनि देखिनेछन्।

 



प्रतिक्रिया दिनुहोस्