Logo

आमा र छोरीको एकैदिन विवाह, एकैठाउँमा मनाए हनिमुन



एजेन्सी, २४ असोज । प्रत्येक आमाले छोरीको विवाह गरिदिने इच्छा मनमा सजाएका हुन्छन् । तर, एक आमा र छोरीले भने एकैदिन बिवाह र हनिमुन समेत सँगै मनाएका छन् ।

आयरल्यान्डमा बस्ने ५३ वर्षीया त्रिशा डफीले आफ्नी छोरीसँग सबैकुरा शेयर गर्दै आएकी थिइन् । सबै सुःख दुःखमा पनि उनीहरु एक अर्कालाई साथ दिँदै आएका थिए । उनले ३५ वर्षीया छोरी एसलिंग र उनको विवाह एकै दिनमा गरेकी हुन् ।

उनको भने दोस्रो विवाह हो । तर डफीमा युवाको भन्दा कम जोश र जागर छैन् । उनले आफ्नो छोरीलाई विवाहको योजनाबारे सबै बताउदा छोरी धेरै खुशी भएकी थिइन् । उनीहरुले आयरल्यान्डको एक होटलमा एकैदिन विवाह गरेका हुन् । आमा र छोरीको विवाहमा १ सय ६० जना पाहुना उपस्थित थिए ।

एसलिंगले मौरिस नामका युवकसँग विवाह गरेकी हुन् । उनकी आमा त्रिशाले ७१ वर्षको जोइ एफसँग गरेकी हुन् । विवाहको बारेमा एसलिंगले भनिन्, ‘आमाले एकसाथ विवाह गर्ने योजना सुनाउदा आफुलाई मजाक लागेको थियो, तर पछि अति नै राम्रो आइडिया लाग्यो ।’ उनले आमासँग सबै कुरा शेयर गर्दा निकै आनन्द आउने बताइन् । उनले एकैपटक एकैस्थानमा आमा–छोरी हनिमुन गएको बताउदै उनले भनिन्, ‘अब आमा र मेरो बच्चाको पनि सँगै जन्म होस् ।’

 



प्रतिक्रिया दिनुहोस्