Logo

जंगली हात्तीको आक्रमणबाट मृत्यु



बर्दिया, २४ असोज । जंगली हात्तीको आक्रमणबाट युवकको मृत्यु भएको छ । राजापुर नगरपालिका १० झप्तीस्थित गेरुवा कर्णाली नदी किनारमा ३५ वर्षीय बेचेन दहितको आज विहान हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

घर देखि १ किलोमिटर टाढा दहितको मृत्यु भएको बर्दिया प्रहरीका डिएसपी हेमबहादुर शाहीले जानकारी दिएका छन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।-Symbolic Photo



प्रतिक्रिया दिनुहोस्