Logo

हमालले राजीनामा दिएर एकदमै राम्रो गर्नुभयो : गगन थापा



काठमाडौँ, २४ असोज। नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा नेता गगन थापाले उद्योग, वाणिज्य तथा आपूतिमन्त्री गजेन्द्र हमालले राजीनामा दिएर राम्रो गरेको बताएका छन् ।

नेपाल लोकतान्त्रिक खेलकुद संघले गरेको कार्यक्रममा बोल्दै थापाले भने, ‘गजेन्द्र हमालले राजीनामा दिनुभएको छ । उहाँले एकदमै राम्रो गर्नुभयो । उहाँ हाम्रो अत्यन्त सम्मानित नेता हुनुहुन्छ । उहाँको परिवारले, उहाँले बाँकेमा कांग्रेस पार्टीका लागि पुर्‍याएको योगदान अमूल्य छ । मलाई दुःख लाग्यो । हामीले उहाँलाई, उहाँको परिवारलाई अनावश्यक ढंगले विवादमा ल्यायौं ।’

उनले कांग्रेसलाई ठूलो योगदान पुर्‍याएका नेता हमाल र उनको परिवारलाई लिएर विवाद उत्पन्न भएकाप्रति दुःख व्यक्त गरे । कांग्रेस आफैंमा विचार भएको भन्दै त्यसलाई स्खलित हुनबाट बचाउन सक्ने नेतृत्व आसन्न महाधिवेशनले चुन्नुपर्ने बताए ।-File Photo



प्रतिक्रिया दिनुहोस्