Logo

ब्राउनसुगर सहित २ जना पक्राउ



कैलाली, २४ असोज । अवैध लागूऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–२ राम जानकी मन्दिर नजिकबाट ३ ग्राम १ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २५ वर्षीय राजु गुप्ता र २७ वर्षीय किरन भुजेल रहेका छन् । विशेष सूचानाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुको साथबाट उक्त पदार्थ फेला पारी उनीहरुलाई पक्राउ गरेको जनाएको छ।



प्रतिक्रिया दिनुहोस्