Logo

३ जना जुवाडे पक्राउ



नवलपरासी, २४ असोज । तास खेलिरहेको अवस्थामा ३ जना पक्राउ परेका छन् । कावासोती नगरपालिका–१३ बुढौलीकुना बस्ने माया गुरुङको घरमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका–८ बस्ने ३६ वर्षीय मनोज गुरुङ लगायत ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

उनको घरमा जुवातास खेलिरहेको छ भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ५२ हजार ६ सय २० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको जनाएको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्