Logo

पार्किङ गरी राखेको मोटरसाइकल चोरीमा सम्लग्न ३ जना पक्राउ



पर्सा, २४ असोज । मोटरसाइकल चोरी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–१० स्थित प्रभु बैंक अगाडि पार्किङ गरी राखेको सोही महानगरपालिका–१५ बस्ने विवेक कुमार यादवको ना.४८ प ९३६९ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा ३ जना शुक्रबार दिउँसो प्रहरीले पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका–२ छप्कैया बस्ने २४ वर्षीय अरमान देवान, ३० वर्षीय सदाम अन्सारी र २७ वर्षीय सहमत अन्सारी रहेका छन् ।

मोटरसाइकल चोरी भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी बसपार्कबाट खटिएको संयुक्त प्रहरी टोलीले खोजी गर्ने क्रममा उनीहरूलाई उक्त मोटरसाइकल सहित फेला पारी पक्राउ गरेको जनाएको छ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्