Logo

नेपाल तामाङ चलचित्र संघको अध्यक्षमा मोक्तान निर्विरोध निर्वाचित



काठमाडौँ, २४ असोज। नेपाल तामाङ चलचित्र संघको अध्यक्षमा नायक कुमार मोक्तान निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार काठमाडौँमा सम्पन्न भएको नेपाल तामाङ चलचित्र संघको १२औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशनबाट नायक कुमार मोक्तानलाई अध्यक्षमा चयन गरिएको हो ।

मोक्तानले २९ सदस्यीय कार्यसमिति समेत गठन गरेका छन् । जस्मा वरिष्ठ उपाध्यक्षमा भुइसल लामा, उपाध्यक्षमा दिपक लामा, अजय
स्याङतन, जयन कुमार मोक्तान, महासचिवमा सुनिता लुङ्बा, सचिवमा ऋतुराज पाख्रीन, कोषाध्यक्षमा अनिता तामाङ, सह–कोषाध्यक्षमा अमर लामा र सदस्यहरु गरि जम्मा २९ सदस्यीय केन्द्रीय समिती गठन गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्