Logo

आईपीएलमा फाइनल प्रवेशका लागि आज दिल्ली र चेन्नाई भिड्दै



काठमाडौं, २४ असोज । इन्डियन प्रिमियर लिग (आईपीएल) टि–२० क्रिकेटमा आज दिल्ली क्यापिटल्स र चेन्नाई सुपर किङ्ग्स बिचको खेल हुँदैछ । आज हुने पहिलो क्वालिफायरमा शिर्ष स्थानमा रहेको दिल्ली र दोस्रो स्थानको चेन्नाई भिड्न लागेका हुन् ।

खेल दुबईस्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा नेपाली समय अनुसार पौने ८ बजे सुरु हुनेछ । आज हुने खेल निकै रोमान्चक हुने आंकलन गरिएको छ । दिल्लीले १४ खेल खेल्दै १० जित र ४ हारसँगै २० अंक जोडेको भने चेन्नाई १४ खेलमा ९ जित र ५ हार सहित १८ अंक जोडेको छ । आईपिएलको यस सिजनमा दिल्लीले निकै राम्रो प्रदर्शन गर्दै आएको छ ।

आजको खेलमा जित निकाल्ने टोली फाइनल प्रवेश गर्ने छ भने पराजित भएको टोली भोली हुने खेलको विजेतासँग खेल्नेछ । भोली नेपाली समय अनुसार पौने ८ बजे सुरुहुने खेलमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोर र कोलकाता नाइटराइडर्स खेल्दैछन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्