Logo

नेप्से आज दोहोरो अंकले घट्यो, ४ अर्बको कारोबार



काठमाडौं, २४ असोज । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज उच्च अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलो दिन (आइतबार) आज नेप्से १८ दशमलव ५३ अंकले घटेर २६ सय ६२ दशमलव ५८ विन्दुमा थामीएको हो ।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ९६ अंकले घटेर ४ सय ९९ दशमलव ७८ बिन्दुमा रोकिएको छ ।

नेप्सेको अनुसार २२० कम्पनीको ५४ हजार १२३ पटक कारोबार भएर ४ अर्ब ४९ करोड ८० लाख ४३ हजार ५८१ रुपैयाँ बराबरको ७२ लाख ५१ हजार ७ सय ४४ कित्ता शेयर किनबेच भएको हो ।

 



प्रतिक्रिया दिनुहोस्