Logo

उच्च अंकले नेप्से घट्दा यी कम्पनीको कारोबार उच्च



काठमाडौं, २४ असोज । नेप्से आज उच्च अंकले घटेपनि केही कम्पनीको कारोबार सर्वाधिक कारोबार भएको छ ।  आज जीवन विकास लघुवित्तको १८ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

नेप्सेको अनुसार नेपाल बङलादेश बैंकको आज १५ करोड २७ लाख रुपैयाँको कारोबार भएको छ । हिमालयन डिस्टीलरीको आज १३ करोड २५ लाख रुपैयाँको कारोबार भएको छ । नविल बैंकको ११ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

नेप्सेको अनुसार २२० कम्पनीको ५४ हजार १२३ पटक कारोबार भएर ४ अर्ब ४९ करोड ८० लाख ४३ हजार ५८१ रुपैयाँ बराबरको ७२ लाख ५१ हजार ७ सय ४४ कित्ता शेयर किनबेच भएको हो ।



प्रतिक्रिया दिनुहोस्