Logo

७ किलो चाँदीका गहना सहित पक्राउ



सप्तरी, २४ असोज । करिब ७ केजी बराबरको चाँदीका गहना सहित एकजना पक्राउ परेका छन् । हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहबाट करिब ७ केजी चाँदीका विभिन्न गहनाहरू सहित मोरङ रंगेली नगरपालिका–९ बस्ने २६ वर्षीय उमेश बिकलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

भारदहस्थित चेक प्वाईन्टमा ईलाका प्रहरी कार्यालय भारदहबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उमेशलाई अवैध रुपमा लिई हिँडेको उक्त चाँदीका गहनाहरू सहित फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्