Logo

२१ प्रतिशत लाभांश पारित गर्दै डिप्रोक्स लघुवित्तको साधारण सभा सम्पन्न



काठमाडौं, २४ असोज । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको शनिबार २०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा चितवनमा आज सम्पन्न भएको हो ।

सभाले २१ दशमलव शून्य ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । जसमा २० प्रतिशत बोनश शेयर र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल २१ दशमलव शून्य ३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको जनाएको छ । सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालकमा रीता पौडेल, रमेश कुमार रघुवंशी र बासुप्रसाद उपाध्याय निर्विरोध निर्वाचन गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यस्तै, अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पारित गरेको छ भने आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको कम्पनीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्