Logo

हमालको राजीनामापछि रावलले उठाए प्रधानमन्त्री र प्रधानन्यायाधीशमाथि नैतिकताको प्रश्न



काठमाडौं, २४ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का नेता भिम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानन्यायाधिश चोलेन्द्र शमशेर राणाले नैतिकता देखाउने आँट गर्नुहुन्छ कि गर्नुहुन्न भन्दै प्रश्न गरेका छन् ।

नेता रावलले ट्विटरमा लेख्दै प्रम देउवा र प्रधानन्यायाधीश राणामाथि टिप्पणी गर्दै यस्तो लेखेका हुन् । उनले गजेन्द्र हमालले उद्योग मन्त्रीबाट राजीनामा दिएको प्रसंगलाई उठाउँदै प्रधानमन्त्री देउवा, गठबन्धनका शिर्ष नेताहरु र प्रधानन्यायाधीश राणाले नैतिकता देखाउने आँट गर्नुहुन्छ भन्दै प्रश्न उठाएका छन् ।

उनले लेखेका छन्, ‘व्यापक विरोध पछि मन्त्री गजेन्द्र हमालले त राजीनामा दिए अब निजलाई मन्त्री बनाउने प्रम देउवा, गठबन्धनका शीर्ष नेताहरू र प्रधानन्यायाधीश चोलेन्द्र राणाले नैतिकता देखाउने आँट गर्नुहुन्छ कि गर्नुहुन्न ? निहित स्वार्थमा विधि, प्रणाली र नैतिकता मिच्नेहरूले नै देशलाई संकटतर्फ धकेल्दै आएका छन्’ ।-File Photo



प्रतिक्रिया दिनुहोस्