Logo

रुपन्देहीको मोतीपुरमा कर्फ्यू लगाइयो (सूचनासहित)



काठमाडौँ, २४ असोज। निर्माणाधीन मोतीपुर औधोगिक क्षेत्रमा जग्गा कब्जाको विषयले तनाव बढेपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कर्फ्यू आदेश जारी गरेको छ । आज (आइतबार) दिउँसो औधोगिक क्षेत्रमा घरटहरा बनाई बस्नेहरु र प्रहरीबीच झडप हुँदा गोली चलेको थियो ।

झडपमा ६ जना घाइते भएपछि प्रशासनले कर्फ्यू जारी गरेको हो । जग्गा अतिक्रमणको क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाए पनि स्थिति नियन्त्रणभन्दा बाहिर जानसक्ने जोखिम बढेको भन्दै स्थानीय प्रशासनले आइतबार दिउँसो ४ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यू जारी गरेको हो ।प्रशासनका अनुसार पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुरको खेतीयोग्य जमिन, उत्तरमा शिवनगर रानीगञ्ज बस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका १८ स्थित औद्योगिक करिडोरसम्म निषेधाज्ञा जारी गरिएको छ ।

 

‘रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्र तनावग्रस्त, प्रहरीद्वारा हवाइफायर’

 



प्रतिक्रिया दिनुहोस्