Logo

शुक्रबार पक्राउ परेकी रुवी खानलाई २४ घन्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश



काठमाडौं, २४ असोज । माइतीघर मण्डलाबाट पक्राउ परेकी नेपालगञ्जकी रुवी खानलाई ४ घन्टाभित्र अदालतमा उपिस्थत गराउन आइतबार सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधिस दिपककुमार कार्कीको एकल इजलासले महानगरीय प्रहरी वृत्त लैनचौरलाई कारण देखाउ आदेश जारी गर्दै बन्दीसहित उपस्थित हुन आदेश दिएको हो ।

न्यायको खोजी गर्दै खान लगायत ११ महिलासहित १४ जनाको टोलीलाई शुक्रबार साझ धर्ना बसीरहेको समयमा प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिए लगत्तै उनलाई बहुविवाहको मुद्दामा नेपालगञ्ज पुर्याइएको थियो ।  नियन्त्रणमा लिए लगत्तै उनलाई बहुविवाहको मुद्दामा नेपालगञ्ज पुर्याइएको थियो । पक्राउ परेपछि रुवीको अवस्था अज्ञात रहेको भन्दै अधिवक्ता मोहना अन्सारीले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी थिइन् ।

 



प्रतिक्रिया दिनुहोस्