Logo

गजेन्द्र हमालले मन्त्रीबाट राजीनामा दिएकै दिन भाई सुरेन्द्र हमालको सपथ



काठमाडौं, २४ असोज । उद्योगमन्त्रीबाट गजेन्द्र हमालले राजीनामा दिएकै दिन उनका भाई सुरेन्द्र हमालले लुम्बिनी प्रदेशको वनमन्त्रीमा सपथ लिएका छन् । हमालको नियुक्ति विवादमा परेपछि प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष राजीनामा दिएका हुन् जुन स्वीकृत भइसकेको छ ।

तीन दिन मन्त्री पदमा रहेका गजेन्द्र हमालको राजीनामा स्वीकृत भएको केही घन्टामै उनका भाई सुरेन्द्र हमालले वनमन्त्रीमा सपथ लिएका हुन् । आज लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले हमाललाई सपथ गराएका थिए । उनी नेपाली काँग्रेसबाट प्रदेश सांसद पनि हुन् ।

बाँके काँग्रेसका पूर्वसभापति गजेन्द्र हमालको नियुक्ति प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको दबाबमा भएको विषय उठेपछि राजीनामा आएको हो । हमालले भने नेपाली काँग्रेसको कोटाबाट मन्त्री बनेको बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्