Logo

शिवसिंह ओली माओवादीको डोटी इन्चार्ज



काठमाडौं, २४ असोज । नेकपा माओवादी केन्द्र डोटीको इन्चार्जमा शिवसिंह ओली तोकिएका छन्। माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले ओलीलाई इन्चार्ज तोकेको हो।

ओली डोटीमा प्रभावशाली छन् । उनको लोकप्रीयतालाई मध्यनजर गरी माओवादीले इन्चार्ज तोकेको बुझिएको छ ।

यसअघि डोटी इन्चार्ज रहेका माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा मुख्यमन्त्री त्रिलोचन भट्ट सुदूरपश्चिम प्रदेश सह–इन्चार्ज भएपछि ओली डोटीको इन्चार्ज तोकिएका हुन् ।



प्रतिक्रिया दिनुहोस्