Logo

दशैको शुभकामना



राम खड्का

समृद्धिको पाना बनोस

जीवन नबनोस तारे भीर!

सुख र खुशिको सागर बनोस

जीवन नबनोस पीडा र पीर

हासों र मुस्कानको चौतारी बनोस

जीवन नबनोस आशु र रोदनको घर!

कुशल र निडर बनोस जीवन

नबनोस त्रास र डरको शहर।

पश्चाताप र पराकाष्ठाको संगम नबनोस

जीवन बनोस माया र प्रेरणाको बारी!

कुविचार र कहलको वहार नबनोस

जीवन बनोस सत्य र यथार्थताको घारी ।

अपव्याख्या र अवमूल्यनको टिका टिप्पणी नबनोस

जीवन बनोस वास्तविकताको सायरी!

झुटा आश्वासन र तिरस्कारको रिपोर्ट नबनोस

जीवन बनोस जीवन्तताको डायरी।

लोभ र लालचाको मात्र नबनोस

जीवन बनोस परोपकारी मन!

दुष्टयाई र धूर्तयाई मात्र बनोस

जीवन बनोस मान मर्यादा र ऐश्वर्यको धन।

समस्त मानव जगतमा मेरो यही कोटी कोटी प्रार्थना

विजया दशमी २०७८ को मंगलमय शुभकामना ।

सबैको जीवनले सार्थकता र सफलता चुमोस

सुख र खुशिमा सबैको जीवन रमोस ।



प्रतिक्रिया दिनुहोस्