Logo

साफ च्याम्पियनसिप : नेपाल र भारतले पहिलो हाफमा गोलरहित बराबरी खेले (लाईभ-भिडिओ)



काठमाडौं, २४ असोज । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप अन्तर्गत जारी नेपाल र भारतबीचको खेलको पहिलो हाफमा गोलरहित बराबरी भएको छ । खेलमा भारत हाबी भएको छ । नेपालले भने आज रक्षात्मक खेलेको छ।

नेपाललाई आजको खेलमा बराबरी गरे पुग्छ तर भारतलाई भने जित्नैपर्ने दबाब छ । जारी प्रतियोगितामा नेपालले दुई जित निकालिसकेको छ । पहिलो खेलमा आयोजक माल्दिभ्समाथि १-० र दोस्रो खेलमा श्रीलंकामाथि ३-२ को जित निकाल्दै नेपाल ६ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ।



प्रतिक्रिया दिनुहोस्