Logo

प्रधानन्यायाधीश जबराविरुद्ध पूर्व प्रधानन्यायाधीशहरुको मोर्चाबन्दी !



काठमाडौं, २४ असोज । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध पूर्व प्रधानन्यायाधीशहरु नै मोर्चाबन्दीमा लागेका छन् । विशेष सूत्रका अनुसार आज साँझ पूर्व प्रधानन्यायाधीशहरुले एक पूर्व प्रधानन्यायाधीशको निवासमा छलफल गरेका छन् । पछिल्लो समय प्रधानन्यायाधीश जबराको राजीनामा माग भैरहेको बेला नेपाल बार एशोसिएसनका केही प्रतिनिधिहरु, बरिष्ठ अधिवक्ताहरुको सहभागितामा आज छलफल भएको बुझिएको छ।

प्रधानन्यायाधीश जबराले आफ्नो जेठानलाई मन्त्री बनाएको र कार्यपालिकामा भाग खोजेको भन्दै कानून व्यवसायीहरुले उनको राजीनामा मागेका थिए । मन्त्री बनेको ४८ घण्टा पनि बित्न नपाउँदै गजेन्द्रबहादुर हमालले आज राजीनामा दिईसकेका छन् । हमालले आफू मन्त्री बनाईनुमा प्रधानन्यायाधीश जबराको कुनै भूमिका नरहेको पनि पत्रकार ऋषि धमलासँगको आजको अन्तर्वार्तामा स्पष्ट पारिसकेका छन् ।

उनले प्रधानन्यायाधीश जबराको राजीनामा मागिएको विषयमा पनि आक्रोश पोखेका थिए । उनले बारको हैसियत सबैलाई थाहा पाएको भन्दै अहिले प्रधानन्यायाधीशले राजीनामा दिए न्यायालय ध्वस्त हुने पनि खतरा औंल्याएका छन् । तर, अहिले पूर्व प्रधानन्यायाधीशहरु भने प्रधानन्यायाधीश जबरालाई जसरी पनि हटाउनुपर्ने पक्षमा लागेको र सोहीअनुसार मुभ गरिरहेको स्रोतको दाबी छ । file photo



प्रतिक्रिया दिनुहोस्