Logo

मध्य भोटेकोशीको आईपीओमा २१ लाख ५० हजार बढीले दिए आवेदन



काठमाडौं, असोज २५ । मध्य भोटेकोशी जलविद्युत् कम्पनीको आईपीओमा आइतवारसम्ममा साढे २१ लाखभन्दा बढीले आवेदन दिएका छन् ।

कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलका आइतवार साँझसम्ममा उक्त कम्पनीको आईपीओमा २१ लाख ५९ हजार २६ जना आवेदकले ३ अर्ब २९ करोड ७७ लाख १७ हजार रुपैयाँ बराबरको ३ करोड २९ लाख ७७ हजार १७० कित्ता शेयरको लागि आवेदन परेको छ । यो सर्वसाधारणलाई छुट्याएको आईपीओमा ४ दशमलव शून्य ३ गुणा बढी आवेदन हो ।

कम्पनीले असोज २० गते देखि ९० लाख कित्ता आईपीओमध्य ८१ लाख ९० हजार कित्ता आईपीओ सर्वसाधारणमा सार्वजनिक निष्कासन गरेकोे हो । कुल कित्तामध्ये ४ प्रतिशत दरको ३ लाख ६० हजार कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरेको छ भने ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरी बाँकी रहेको ८१ लाख ९० हजार कित्ताका लागि सर्वसाधारणले अवोदन दिन सक्नेछन् ।

यो शेयर विक्रीको लागि छिटोमा असोज २५ गते र ढिलोमा कात्तिक ३ गतेसम्मको मिति तोकिएको छ । शेयर खरीदका लागि आवेदन दिँदा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।



प्रतिक्रिया दिनुहोस्