Logo

एनआरएनको १० औं महाधिवेशन तथा विश्व सम्मेलन स्थगित



काठमाडौं, असोज २५ । गैरआवासीय नेपाली संघको १० औं महाधिवेशन तथा विश्व सम्मेलन स्थगित गरिएको छ।संघका प्रवक्ता डिबी क्षेत्रीका अनुसार गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको आइतवार सम्पन्न बैठकले आगामी ६ महिना भित्र निर्वाचन गर्ने गरि सो सम्मेलन स्थगित गरेको हो।

क्षेत्रीका अनुसार महाधिवेशन तथा विश्व सम्मेलनमा प्रतिनिधि विवादबारे परराष्ट्र मन्त्रालयको पत्रमा अस्पष्टता देखिए पछि निर्वाचनका सबै प्रकृया रोकिएका हुन्। भर्चुयल माध्यमबाट अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको बैठकले मन्त्रालयबाट प्राप्त पत्रमाथि आवश्यक कानुनी परामर्श गर्ने समेत निर्णय गरेको छ।

संघको महाधिवेशन अक्टुबर २३ देखि २५ मा हुने तय भएको थियो। तर गैरआवासीय नेपाली संघको अध्यक्ष प्रत्यासी कुल आचार्य समूहले परराष्ट्र मन्त्रालयमा प्रतिनिधि छनोटमा विवाद गर्दै उजुरी गरे पछि मन्त्रालयले अधिवेशन रोक्न पत्राचार गरेको थियो।

उजुरीकताको आग्रहमा नेपाली कांग्रेसकी नेतृ आरजु देउवाको प्रत्यक्ष संलग्नतामा परराष्ट्र मन्त्रालयले संघको निर्वाचन रोक्न पत्राचार गरेको थियो।



प्रतिक्रिया दिनुहोस्