Logo

सांसद प्रदीप यादव र प्रमोद साहको नेतृत्वामा जसपाको पार्टी कार्यालयमा तालाबन्दी गरिँदै



काठमाडौं, २५ असोज । पछिल्लो पटक मन्त्रिपरिषद् विस्तारमा आफूहरुलाई नसमेटिएको भन्दै रुष्ट रहेका जनता समाजवादी पार्टी, नेपालका सांसदहरु प्रदीप यादव र प्रमोद साहले आज पार्टी मुख्यालय घेर्ने भएका छन् । यादव र साहको नेतृत्वमा जसपाका नेता तथा कार्यकर्ताहरुले अहिले बालकुमारीमा अवस्थित् मुख्य कार्यालय घेर्न लागेका हुन् ।

पछिल्लो समय अध्यक्ष उपेन्द्र यादवको पुत्ला दहनपनि भैरहेको छ । सांसद यादवको गृहजिल्ला पर्सामा त असोज २२ गतेदेखि आजसम्म अध्यक्षको विरुद्धमा दैनिक प्रदर्शन भैरहेको छ । मन्त्री चयन गर्दा यादवले आफ्नो आसेपासेलाई मात्रै नियुक्त गरेको र पार्टीमा योगदान पुर्याएकाहरुलाई धोका दिएको भन्दै केही सांसदहरु रुष्ट छन् ।

सांसद प्रदीप यादवले त अब अध्यक्ष यादवविरुद्ध निर्णायक संघर्ष सुरु हुने भनेर पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा घोषणा समेत गरिसकेका छन् । कतिसम्म भने उपेन्द्रले मन्त्री चयन गर्दा स्वयम उनका छोरा अमरेन्द्र यादवपनि खुशी छैनन् । उनले सार्वजनिक रुपमै बुवाको कार्यशैलीको आलोचना गरेका छन् ।

असन्तुष्ट समूहले जुनसुकै बेला पार्टी परित्याग गर्ने र माओवादी केन्द्रमा प्रवेश गर्नसक्ने बताईएको छ । यसको लागि सांसदद्धय यादव र साहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि नियमित छलफल गरिरहेको बुझिएको छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot