Logo

हिरासतभित्रै एक पुरुष गरे आत्महत्या



काठमाडौँ, २५ असोज। कैलालीमा एक पुरुषले हिरासतमै आत्महत्या गरेका छन् । सुर्खेत चौकुने गाउँपालिका वडा नं.३ बेतान बस्ने ३५ धनबहादुर रानाले ईलाका प्रहरी कार्यालय टिकापुरको हिरासत कक्ष भित्र रहेको शौचालयमा झुण्डिएर आत्महत्या गरेका हुन् । भैसी चोरीको आरोप लागेपछि उनलाई हिरासतमा राखिएको थियो।

आज बिहान ६ बजेको प्रहरी कार्यालयको हिरासत कक्ष भित्र रहेको शौचालयको भेन्टिलेसनको जाली च्यातिएको झ्यालको सरियामा सेतो स्याण्डो (गन्जी) को डोरी बनाई घाँटीमा पासो लगाई झुण्डिएको मृत अवस्थामा फेला परेको जनाइएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्