Logo

१३औँ संस्करणको सीमा वार्ता : भारत ‘अनुचित र अवास्तवीक माग’ राखेको चीनको आरोप



एजेन्सी, २५ असोज । भारत र चीनबीचको सीमा विवाद समाधान गर्न १३ औँ चरणको वार्ता भएको छ । सीमा वार्तामा भारत पक्षले ‘अुनचित र अवास्तवीक’ माग रहेको चीनले आरोप लगाएको छ । आइतबार माल्दोमा औँ संस्करणको वार्तामा चीनले भारतमाथि यस्तो आरोप लगाएको हो ।

चिनियाँ लिबरेशन आर्मीको पश्चिमी थिएटरले विहीबार विज्ञप्ति जारी गर्दै भारते ‘अनुचित र अवास्तवीक माग’ रोखेको कारण निश्कर्ष निकाल्न कठिन भएको उल्लेख गरिएको छ । चिनियाँ जनमुक्ति सेनाको पश्चिमी थिएटर कमान्डका प्रवक्ता कर्नेल लोङ शाओहुवाले चिनियाँ पक्षले सैन्य अधिकारीहरूको वार्तामा तनाव कम गर्नका लागि ‘ठूलो पहल’ गरेको दाबी गरेका हुन् ।दुई महिनाको अन्तरालपछि भारत र चीनका सैन्य अधिकारीबीच आइतबार पुनः एक उच्चस्तरीय वार्ता भएको थियो ।

लद्दाखको पूर्वी क्षेत्रमा बचेका सैनिकलाई पनि हटाउने विषयमा उक्त बैठकको आयोजना गरिएको जनाइएको छ। कमान्डर स्तरको वार्ताको यस १३ औँ चरण पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी)को चीनको हिस्सामा पर्ने मोल्दोमा आयोजना भएको जनाएको छ । यदी भारतले वार्ताको प्रस्तावलाई नजरअन्दाज गरे आउने दिनमा पुनः नयाँ घटना निम्तिने वा द्वन्द्वको स्थिती आउन सक्ने चीनले चेतावनी दिएको छ ।-Symbolic Photo



प्रतिक्रिया दिनुहोस्