Logo

उरुग्वेमाथि अर्जेन्टिनाको सहज जित



काठमाडौं, २५ असोज। विश्वकप छनोटअन्तर्गतको खेलमा अर्जेन्टिनाले उरुग्वेलाई ३-० गोल अन्तरले पराजित गरेको छ ।

आइतबार भएको खेलमा अर्जेन्टिनाका लागि लिओनल मेस्सीले खेलको ३८औं मिनेटमा गोल गरे । खेलको ४४औं मिनेटमा अर्जेन्टिनाका रोड्रिगो डे पाउलले गोल गर्दै अग्रता दोब्बर बनाए । पहिलो हाफमा २-० ले अगाडि रहेको अर्जेन्टिनाका लागि दोस्रो हाफको ६२औं मिनेटमा लौटारो मार्टिनेजले गोल गरे ।

यससँगै विश्वकप छनोटमा अर्जेन्टिनाले आफ्नो अपराजित यात्रा कायम राखेको छ । १० खेल खेलेको अर्जेन्टिनाले ६ खेलमा जित र चार खेलमा बराबरीको नतिजा निकाल्दै २२ अंक जोड्दै दोस्रो स्थानमा छ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्