Logo

सामंथाले अफेयर र गर्भपतनको बारे दिइन् यस्तो जवाफ



एजेन्सी, २५ असोज । साउथकी सुन्दर अभिनेत्री सामंथा अहिले व्यक्तिगत जीवनको कारण चर्चामा छिन् । सामंथाले सामाजिक सञ्जालबाट समेत आफ्नो सरनेम हटाइ दिएकी छिन् । उनले नामको अगाडी अक्किनेनी हटाएकी हुन् ।

सम्बन्ध विच्छेद गरेसँगै सामंथामाथि बिभिन्न आरोप लगाइएको थियो । उनको अरु कोही सँग अफेयर छ, उनले बच्चा जन्माउन चाहनन्निन जस्ता उनीमाथि आरोप लगाइएका थिए । यी सबै आरोपको जवाफ दिँदै आज उनले सम्बन्ध विच्छेद गर्नुको कारण बताएकी छिन् । उनले सम्बन्ध विच्छेद एक दर्दनाक प्रक्रिया भएको भन्दै कसैमाथि निरन्तर हमला गर्दा अत्यधिक कठिनाई हुने बताएकी छिन् ।

उनले लेखेकी छिन्, ‘व्यक्तिगत संकटमा भावानात्मक असर परेको हुन्छ । गहिरो सहानुभुति, चिन्ता देखाउने बेलामा झुटो अफवाह फैलाएकोमा सबैलाई धन्यवाद र मेरो बारेमा कसैसँग अफेयर्स थियो, मैलै कहिल्यै पनि बच्चा नचाहेको र एक अवसरवादी हु र मैले गर्भपात गरेको हो जस्ता झुटो अफवाह फैलाएको छ ।’

सामंथाले भनेकी छिन्, ‘दर्दनाक पीडाबाट बच्न मलाई एक्लै छाडीदिनुहोस् । मलाई व्यक्तिगत रुपमा हमला गरेको अति भयो, तर म वाचा गर्छु, म यस्तो केही हुन दिन्न ।’

नागा चैतन्य सुपरस्टारका छोरा हुन् । उनले २०१७ मा सामंथासँग विवाह गरेका थिए । विवाहपछि अभिनेत्रीले आफ्नो नाम सामंथा रुप प्रभुबाट परिवर्तन गरेर अक्किनेनी गराएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्