Logo

दुवै सदनका सांसदलाई दशैं विदा



काठमाडौं, २५ असोज । संघीय संसदको दुवै सदनले सांसद्लाई दशैं विदा दिएको छ । आज (सोमबार)को बैठकपछि प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैमा विदा दिइएको छ । सभामुख अग्निप्रसाद सापकोटाले ९ कात्तिकसम्म बैठक स्थगित गर्दै सांसदलाई दशैं विदा दिएका छन् ।

यस्तै, सोमबार नै राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले अर्को सूचना नहुँदासम्मका लागि बैठक स्थगित गरेपछि राष्ट्रियसभा सदस्यहरुले विदा पाएका छन् । अधिकांश सांसद् गाउँ गइसकेकाले उनीहरु सोमबारको बैठकमा उपस्थित थिएनन् । सोमबार नेकपा (एमाले)का सांसदहरुको विरोधका बाबजुद प्रतिनिधिसभा बैठकले रेल्वे विधेयक २०७८ फिर्ता लिएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्