Logo

मगर हत्याको घटनाले झापामा त्रास सिर्जना



झापा, २५ असोज: झापामा मासु व्यवसायी इन्द्रकुमार मगरको हत्या घटनापछि त्रास सिर्जना भएको छ । अर्जुनधारा नगरपालिका–६ का ५० वर्षीय मगरको आइतबार राति मासु बेचिरहेको अवस्थामा हत्या भएको प्रहरीले जनाएको छ ।

बङ्गुर फ्रेस हाउस चलाउँदै आएका उनको घाटी र हातमा धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए । बडादसैंकै बीचमा मगर हत्याको घटनाले जिल्लामा थप त्रास सिर्जना भएको छ ।

परिवारले उनको साथमा रु दुई लाख रकम भएको जनाएको छ । परिवारका अनुसार उनले सोही दिन मात्र दुईवटा बङ्गुरको मासुसमेत बिक्री गरेका थिए । सोही पैसा लुट्न उनको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाबारे तालिमप्राप्त कुकुर ल्याएर थप अनुसन्धान भइरहेको प्रवक्ता थापाको भनाइ छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम