Logo

भारत-चीन वार्ता असफल भएपछि युद्धको कालो बादल



एजेन्सी, २५ असोज । भारत र चीनबीच सीमा विवाद अन्त गर्न भएको वार्ता असफल भएको छ । दुई देशबीच सैन्य तहमा भएको वार्ता असफल भएको हो ।

१७ महिना अघि सैनिक मारिने गरी झडप भएपछि सीमा विवाद अन्त गर्न वार्ता चलेपनि अन्तमा असफल भएको हो । अब दुई देशले लद्दाखको हिमाली क्षेत्रमा सैनिक पछाडि नहटाउने भएका छन् ।

भारतको विदेश मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै वार्ताले रचनात्मक सुझाव दिएपछि चिनियाँ पक्ष सहमतिमा नआएको जनाएको छ । उसले भविष्यमा ठोस प्रस्ताव ल्याउने पनि नदेखिएको उल्लेख गरेको छ ।

चिनियाँ पक्षले विज्ञप्ति जारी गर्दै चीन आफ्नो सार्वभौम रक्षा गर्न सक्षम रहेको र भारतले परिस्थितिको अवमूल्यन नगर्ने भन्दै चेतावनी दिएको छ ।

आइतबार दुवै देशका सैनिक कमाण्डर तहमा लद्दाख क्षेत्रको मोल्डो भन्ने चिनियाँ क्षेत्रमा वार्ता गरेका थिए । तर, सहमति बन्न सकेन ।

भारत र चीनले अत्याधुनिक हतियारसहित दशौं हजार सैनिक सीमामा तैनाथ गरेका छन् । गलवान उपत्यकामा दुई देशका सैनिकबीच झडप भएको थियो । त्यस क्रममा ठूलो हताहती भएको थियो ।

१७ महिनायताको सीमा क्षेत्रमा तनाव अन्त गर्न भएको वार्ता असफल भएपछि भारत र चीनबीच फेरि द्वन्द्वको सम्भावना बढेको छ । कुनैपनि बेला भारत र चीनबीच युद्धको खतरा देखिएको छ । विशेषगरी लद्दाख, अरुणाञ्चल र सिक्किमका क्षेत्रमा भिडन्तको खतरा बढेको हो ।



प्रतिक्रिया दिनुहोस्