Logo

हमालले राजीनामा दिएपछि उद्योग मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवाले सम्हाले



काठमाडौं, २५ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । गजेन्द्रबहादुर हमालले उद्योगमन्त्री पदबाट उद्योग मन्त्रालय नेतृत्वविहीन थियो । आजबाट प्रधानमन्त्री देउवाले उक्त जिम्मेवारी सम्हालेका हुन् ।

प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७७ को उपधारा २ को खण्ड ‘क’ बमोजिम हमालले राजीनामा दिएकाले सो मन्त्रालय प्रधानमन्त्री देउवाले नै सम्हाल्नेगरी सोमबार जिम्मेवारी तोकिएको छ ।



प्रतिक्रिया दिनुहोस्