Logo

२०२२ को विश्वकप निमारको ‘अन्तिम विश्वकप’



एजेन्सी, २५ असोज । ब्राजिलका फुटबल स्टार निमारले सन् २०२२ को कतार विश्व कप आफ्ना लागि अन्तिम हुने बताएका छन् । ११ वर्षयता ब्राजिलका लागि खेल्दै आएका उनले कतार विश्वकप अन्तिम हुने बताएका हुन् ।

मलाई लाग्छ यो मेरा लागि अन्तिम विश्वकप हुनेछ, २९ वर्षीय नियमारले आफ्नो बारे बनेको वृत्तचित्तमा भने, यो मेरा लागि अन्तिम हुनसक्छ किनभने मसँग त्यसपछि फुटबल खेल्ने शक्ति नहुनसक्छ ।
निमार जुनियर एन्ड दी लाइन अफ किंग्स वृत्तचित्र निर्माण भएको छ । जसमा उनले फुटबलबारे धेरै विषय उल्लेख गरेका छन् ।

ब्राजिल दक्षिण अमेरिकाबाट छनोट हुने सम्भावना बलियो भएको छ । २८ अंकका साथ ब्राजिल छनोट चरणको पहिलो स्थानमा छ । छनोट चरणमा ब्राजिलले १ खेलमा मात्र बराबरी खेलेको छ र बाँकी खेलमा जित्दै २८ अंक हासिल गरेको छ ।



प्रतिक्रिया दिनुहोस्