Logo

भुवन केसी राजनीतिमा फ्लप हुनुभयो, तर उहाँ महानायक हो : शोभित बस्नेत (भिडिओसहित)



काठमाडौं, २६ असोज । निर्माता शोभित बस्नेतले भुवन केसीले नेपाली चलचित्र उद्योगमा महत्वपूर्ण योगदान गरेको र सर्वाधिक सफल चलचित्र पस्किएकोले आफूले महानायक भनेको स्पष्ट पारेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले राजेश हमाल त महानायकभन्दा माथिको व्यक्ति भएको पनि बताए । उनले आफूले हमाललाई सुपरस्टार भनेको पनि सुनाए । उनले भुवन केसीले दशकौंदेखि निरन्तर योगदान गरेको सुनाए । उनले भुवन केसी राजनीतिमा फ्लप भएको पनि टिप्पणी गरे । उनले भुवन केसी चलचित्रमा सफल र राजनीतिमा असफल भएको सुनाए ।



प्रतिक्रिया दिनुहोस्