Logo

चीनले नेपालमाथि नाकाबन्दी लगाएको भन्नु गलत हो, प्रचण्ड अब प्रधानमन्त्री बन्नुहुन्छ : शिक्षामन्त्री पौडेल (भिडिओसहित)



काठमाडौं, २६ असोज । नवनियुक्त शिक्षामन्त्री देवेन्द्र पौडेलले सरकारले विपन्न वर्गको लागि केही गर्ने भनेर सोचिराखेको सुनाएका छन् । तर, जनतालाई जुन प्रकारले सेवा प्रवाह गर्नुपर्ने थियो त्यो तरिकाले काम भने नभएको उनको स्विकारोक्ति छ । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले मुलुकमा विद्यमान समस्यालाई समाधान गर्न र चूनौति सामना गर्नको लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्नुपर्ने भनेर आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहालले भनेको सुनाए । उनले वर्तमान पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म जानसक्ने पनि सुनाए । आफूहरु प्रणालीको रक्षाको लागि लागिपरेको पनि पौडेलको भनाई छ ।

उनले चीनले नेपाललाई नाकाबन्दी लगाएको भन्नु गलत भएको टिप्पणी गरे । उनले कोभिडको कारण नाकामा सहज अवस्था नहुँदैमा चीनले नाकाबन्दी लगाएको भन्नु विल्कुलै गलत भएको पनि स्पष्ट पारे । उनले चीनसँग नेपालको सम्बन्ध सुमधुर र प्रगाढ रहेको सुनाए । उनले आफ्नो पार्टीका अध्यक्ष प्रचण्ड अब नेपाली राजनीतिमा फेरि प्रधानमन्त्री बन्न सक्दैन भन्नु झुठो कुरा भएको पनि सुनाए ।

उनले माओवादी केन्द्र पार्टी समाप्त भयो भन्नेले अर्को निर्वाचनसम्म कुर्नुपर्ने पनि सुझाव दिए । उनले अहिले पार्टी चलायमान भएको पनि सुनाए ।उनले प्रचण्ड नै यो देशको राजनीतिको परिचालक भएकोे आगामी निर्वाचनपछि प्रधानमन्त्री बन्ने पनि ठोकुवा गरे ।



प्रतिक्रिया दिनुहोस्