Logo

सिद्धिपुरमा रक्तदान



ललितपुर, २६ असोज । नेवाः देय् दबू महालक्ष्मी नगर समितिले रक्तदान कार्यक्रम आयोजना गरेको छ । आज सिद्धिपुरमा समितिले स्थापनाको दोस्रो वार्षिकोत्वसमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

रक्तदानमा उल्लेख्य संख्यामा युवाहरुको उपस्थिति थियो । रक्तदातालाई स्वास्थ्य सेवा विभाग, नेरेसोकी निर्देशक डा. मनिता राजकर्णिकार र महालक्ष्मी नगरपालिका वडा नं ६ का वडाध्यक्ष वासुदेव महर्जनले प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा नेपालका सर्वाधिक रक्तदान गर्ने प्रेम सागर कर्माचार्य, नेपाल स्वतन्त्र रक्ततासा समूह महालक्ष्मी नगर समिति ६ नं वडाका संयोजक दशबहादुर महर्जन, नेवा देय् दबूका केन्द्रीय अध्यक्ष नरेशकुमार ताम्राकारलगायतको उपस्थिति थियो ।

नेवा देय् दबू महालक्ष्मी नगर समितिका अध्यक्ष विजयकुमार महर्जनले रक्तदाताहरुलाई धन्यवाद दिए । उनले परोपकारी कार्यमा आफूहरु निरन्तर सक्रिय हुने बताउँदै नयाँ पीढीलाई पनि पवित्र सामाजिक कार्यमा आकर्षित गर्न आफूहरु केन्द्रित भएको बताए ।



प्रतिक्रिया दिनुहोस्