Logo

एशिया मामलामा रुस सतर्क



एजेन्सी, २६ असोज । रुसको पुर्नउदयसँगै प्रभाव बढाउन थालेको छ । उसले एशिया क्षेत्रमा चासो बढाइरहेको छ ।

एशियाको भूराजनीतिक परिस्थिति अस्थिरतातर्फ धकेलिएको भन्दै रुसी विदेशमन्त्री सेरगेई लाभरोभले चासो व्यक्त गरेका छन् । उनले मङ्गलबार एशियाली देशहरुको कूटनीतिज्ञसम्मिलित सम्मेलनमा बोल्दै अस्थिरताबारे चासो देखाएका हुन् ।

विभिन्न सैन्य ब्लकहरुको निर्माण र गतिविधिबारे पनि रुसले चासो देखाएको छ । लाभरोभको संकेत अमेरिकासहित देशहरुको सैन्य ब्लक गठनप्रति थियो ।

पछिल्लो समय एशिया मामलामा रुस चीनसँग नजिकिएको संकेतहरु देखिएको छ । तर, रुस परम्परागत मित्रशक्ति भारतलाई चिढ्याउने पक्षमा छैन । उसका लागि भारत र चीनसँग सन्तुलन कायम गर्नुपर्ने चुनौती छ ।

अफगानिस्तानबाट अमेरिकी सैनिक हटेपछि चीनको बढ्दो प्रभाव देखिएको छ । तर, अमेरिकी सैनिक हटाउनमा रुसको पनि कुनै न कुनै भूमिका रहेको विश्लेषण भइरहेको छ । यो घटनाले अमेरिकालाई एशिया मामलामा धक्का मिलेको छ । भारतलाई पनि क्षति पुगेको छ । तर, अमेरिका सैन्य ब्लक बनाएर शक्ति पुनः हासिल गर्ने प्रयासमा छ ।

अमेरिकाको बढ्दो चासोसँगै चीन र रुसको एशियामा फैलदो प्रभावले यो क्षेत्रमै चुनौती बढेको छ । यी घटनाहरुले नयाँ द्वन्द्वको खतरा बढाएको छ ।



प्रतिक्रिया दिनुहोस्