Logo

जर्मनी विश्वकप फुटबलमा छनोट हुने पहिलो देश



एजेन्सी, २६ असोज । आयोजक देशपछि कतारमा हुने विश्वकप फुटबलमा छनोट हुने पहिलो देश जर्मनी भएको छ । जर्मनीले मेसोडोनियालाई ४-० ले पराजित गर्दै विश्वकपमा छनोट भएको हो ।

फुटबलको महाशक्ति देश जर्मनीका लागि दोस्रो हाफको ५०औं मिनेटमा हाभेजले गोल गरी खाता खोलेका थिए । ७० र ७३औं मिनेटमा वेरनेरले दोस्रो गोल गरेका थिए । मुसाइलाले ८३औं मिनेटमा चौंथो गोल गरेका थिए ।

समूह जेमा रहेको जर्मनीले २ खेल खेल्न बाँकी रहँदै छनोट हुन सकेको हो । दोस्रो स्थानमा रहेको रोमानियाको १३ र नर्थ मेसोडोनियाको १२ अंक छ । जुन जर्मनीलाई थप खेल जितेर पनि भेट्न पर्याप्त हुँदैन ।



प्रतिक्रिया दिनुहोस्