Logo

निलाम्बरको दिल्लीमा बिधाई भेट



काठमाडौं, २६ असोज । पूर्वमन्त्री निलाम्बर आचार्य भारतका लागि राजदूत बन्दा विभिन्न टिकाटिप्पणी भएका थिए । उमेर ढल्किसक्दा उनले किन राजदूतको चाहना राखे भन्नेबारे चर्चा परिचर्चा भयो ।

केपी शर्मा ओली प्रधानमन्त्री हुँदा राजदूत नियुक्त आचार्यलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले फिर्ता बोलायो । आचार्य मात्र नभई राजनीतिक नियुक्ति पाएकाहरु सबै फिर्ता बोलाइए ।

आचार्यले नेपाल फर्कनु अघि बिदाई भेटहरु समेत भ्याइसकेका छन् । उनले भारतका विदेश सचिव हर्षवद्र्धन श्रृंगलासँग आज भेटवार्ता गरेका छन् । यो उनको बिधाई भेट हो ।

भारतीय विदेश मन्त्रालयले स्वदेश फर्कन लाग्दा उनीसँग बिधाई भेट भएको उल्लेख गरेको छ । मन्त्रालयले आचार्यको योगदान दुई देशको सम्बन्ध सुदृढ बनाउन उपयोगी भएको प्रतिक्रिया दिएको छ ।

आचार्यले २३ असोजमा कँग्रेस आईका नेता राहुल गान्धीसँग पनि बिदाई भेट गरेका थिए । उनले राहुललाई रुद्राक्ष उपहार दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्