Logo

वैज्ञानिक एपिजे अब्दुल कलाम र ईश्वरबारे चाखलाग्दो बहस



दर्शनशास्त्रका एक नास्तिक प्रोफेसर आफ्नो कक्षामा ‘सर्वशक्तिमान ईश्वरसँग विज्ञानको विरोधाभाष’ विषयमा प्रवचन दिन सुरु गर्छन्।
ती प्रोफेसरले एकजना नयाँ विद्यार्थीलाई उठाएर प्रश्न सोध्छन्…
प्रोफेसरः के तिमी भगवानमा विश्वास गर्छौ?
विद्यार्थीः बिल्कुल, सर।
प्रोफेसरः के ईश्वर असल छन्?
विद्यार्थीः निश्चय नै।
प्रोफेसरः के ईश्वर सर्वशक्तिमान छन्?
विद्यार्थीः हो।
प्रोफेसरः मेरो दाजु क्यान्सरले बिते, यद्यपि, उनले निको पारिदिन ईश्वरलाई प्रार्थना गरेका थिए। हामीमध्ये धेरै बिरामी भएकाहरुलाई मद्दतका लागि प्रयास गर्नेछन्। तर, ईश्वरले त्यसो गर्दैनन्। त्यसो भए ईश्वरलाई कसरी राम्रो भन्न मिल्छ? हम्म??? (विद्यार्थी चुप लाग्छन्)
प्रोफेसरः तिमी यसको उत्तर दिन सक्दैनौं, सक्छौ त? फेरि बहस सुरु गरौं, युवासाथी। के भगवान असल हुन्छन्?
विद्यार्थीः हुन्छन्।
प्रोफेसरः के शैतान असल हुन्छन् त?
विद्यार्थीः हुँदैनन्।
प्रोफेसरः शैतान कहाँबाट आउँछन्?
विद्यार्थीः ईश्वरबाट…
प्रोफेसरः एकदम सही। त्यसो भए मलाई भन छोरा, के यो संसारमा दुष्ट छ?
विद्यार्थीः छ।
प्रोफेसरः दुष्ट सबै ठाउँमा छ, हैन त? अनि सबै चीज भगवानले बनाएका हुन्, ठीक?
विद्यार्थीः सही हो।
प्रोफेसरः त्यसो भए यो दुष्ट भन्ने चीजलाई कसले सिर्जना ग¥यो? (विद्यार्थीले जवाफ दिएन)
प्रोफेसरः संसारमा रोग छैन त? मृत्यु अवश्यंभावी छ। घृणा छ, कुरुपता छ। यस्ता भयानक चीज संसारमा विद्यमान छन्, हैन त?
विद्यार्थीः हजुर, सर।
प्रोफेसरः त्यसो हो भने यस्ता चीजहरु कसले बनायो? (विद्यार्थीले उत्तर दिएन)
प्रोफेसरः विज्ञानले के भन्छ भने तिमीसँग पाँच ज्ञानेन्द्रिय छन्, जसको सहायताले तिनी आफू वरिपरिको संसार चिन्न र अवलोकन गर्न सक्छौ। मलाई भन त छोरा……..तिमीले अहिलेसम्म ईश्वरलाई प्रत्यक्ष देखेका छौ?
विद्यार्थीः छैन, सर।
प्रोफेसरः यदि तिमीले तिम्रो ईश्वरको आवाज सुनेका छौ भने पनि सुनाऊ त?
विद्यार्थीः छैन, सर।
प्रोफेसरः के तिमीले ईश्वरको कुनै आभाष पाएका छौं, ईश्वरको स्वाद चाखेका छौ, ईश्वरको गन्ध थाहा पाएका छौ? ईश्वरको कुनै संवेदना महसुस गरेका छौ?
विद्यार्थीः छैन, सर। म त अत्तालिएजस्तै भएँ।
प्रोफेसरः यति भएर पनि किन तिमी अझै पनि ईश्वरलाई विश्वास गर्छौ?
विद्यार्थीः गर्छु सर।
प्रोफेसरः अनुभवजन्य, परीक्षणयोग्य र प्रदर्शनयोग्य प्रोटोकलअनुसार विज्ञानले के भन्छ भने तिमीले मान्दै आएको ईश्वरको अस्तित्व छैन। यसमा तिमी के भन्न चाहन्छौ, छोरा?
विद्यार्थीः त्यस्तो केही होइन। यो मेरो खाली विश्वास मात्र हो।
प्रोफेसरः हो। विश्वास। अनि, यो विज्ञानको चुनौती पनि हो।
विद्यार्थीः प्रोफेसर, तापजस्तै कुनै चीज छ?
प्रोफेसरः छ।
विद्यार्थीः अनि, चिसोजस्तै कुनै चीज छ त?
प्रोफेसरः छ।
विद्यार्थीः होइन, सर। त्यस्तो चीज छैन। (घटनाले अर्को मोड लिएपछि कक्षा एकदमै सुनसान हुन्छ।)
विद्यार्थीः सर, तपाईंको वरिपरि अत्यधिक ताप, अझै बढी ताप, अतिताप, मेगाताप, न्युन ताप वा तापविहीन अवस्था हुन्छ। तर, हामीसँग चिसो भन्ने कुनै चीज हुँदैन। हामी शुन्यभन्दा ४५८ डिग्री तलसम्म मात्र कुनै चीजलाई लैजान सक्छौ, जुन ताप नभएको अवस्था हो। तर, हामी त्यसभन्दा पछाडिको अवस्थामा जान सक्दैनौं। अस्तित्वमा त्यस्तो चीज छैन, जसलाई हामी चिसो भन्छौं।
चिसो भनेको त त्यो शब्द हो, जुन हामी ताप नभएको अवस्थालाई व्याख्या गर्न प्रयोग गर्छौ। हामी चिसो मापन गर्न सक्दैनौं। ताप भनेको ऊर्जा हो, चिसो भनेको तापको विपरीत होइन, सर। यो त खाली तापको अनुपस्थितिको अवस्था हो। (लेक्चर हलमा पिन ड्रप मौनता छायो।)
विद्यार्थीः अँध्यारो भनेको के हो, प्रोफेसर? अँध्यारोजस्तो कुनै चीज छ त?
प्रोफेसरः छ नि। अन्धकार नभए रात के हो त?
विद्यार्थीः फेरि तपाईंले गल्ती भन्नुभो, सर। केही चीजको अनुपस्थिति नै अन्धकार हो। तपाईंले कम प्रकाश, सामान्य प्रकाश, उज्यालो प्रकाश,चमकदार प्रकाश…… आदि अनुभूति गर्न सक्नुहुन्छ। तर, यदि तपाईकहाँ लगातार प्रकाश भएन, तपाईंसँग केही भएन भने यसलाई अन्धकार भनिन्छ, हैन त? वास्तवमा, यो अन्धकार होइन। तपाईंले व्याख्या गरेअनुसार हुने हो भने अन्धकारलाई अझै अँध्यारो बनाउन सक्नुहुन्थ्यो नि, हैन त?
प्रोफेसरः तिमीले भन्न खोजेको प्वाइन्ट चाहिँ के हो, नौजवान?
विद्यार्थीः सर, मैले भन्न खोजेको बुँदा चाहिँ तपाईंको दार्शनिक आधार त्रुटिपूर्ण छ।
प्रोफेसरः त्रुटिपूर्ण? यसलाई कसरी व्याख्या गर्नुहुन्छ?
विद्यार्थीः सर, तपाईं द्वैतको आधारमा व्याख्या गर्दै हुनुहुन्छ। तपाईंको तर्क के छ भने जीवन छ अनि त्यसपछि मृत्यु पनि छ, असल ईश्वर अनि खराब ईश्वर। तपाईं ईश्वरको अवधारणालाई कुनै सीमित दायरामा हेर्दै हुनुहुन्छ, जसलाई हामी मापन गर्न सक्छौं।
सर, विज्ञानले विचारबारे व्याख्या गर्न सक्दैन। विज्ञानले विद्युत र चुम्बकत्व शब्द प्रयोग गर्छ, तर, यिनीहरुलाई कसैले देखेको छैन अनि यसको पूर्णताबारे पनि बुझेको पाइँदैन। मृत्युलाई जीवनको विपरीतार्थकको रुपमा प्रयोग गर्नु भनेको तथ्यप्रति अनविज्ञता दर्शाउनु हो, जबकि मृत्यु एक आधारभूत चीजका रुपमा अवस्थित हुन सक्दैन। मृत्यु जीवनको विपरीतार्थक होइन, केवल जीवनको अनुपस्थिति मात्र हो। अब मलाई बताउनुहोस्, प्रोफेसर! तपाईं आफ्ना विद्यार्थीहरुलाई तिनीहरु बाँदरबाट विकसित भएका हुन् भनी पढाउनुहुन्छ?
प्रोफेसरः निश्चय नै। यदि तिमीले प्राकृतिक विकास प्रक्रियाको सन्दर्भलाई उठाउन खोजेको हो भने म यही पढाउँछु।
विद्यार्थीः त्यसो भए तपाईंले आफ्नो आँखाले क्रमिक विकासलाई देख्नुभएको छ, सर? (प्रोफेसरले हाँस्दै मुन्टो हल्लाउँछन् अनि वादविवाद कता गइरहेको छ भनी महसुस गर्न थाल्छन्।)
विद्यार्थीः जबकि कसैले पनि उद्विकासको प्रक्रियालाई देखेको छैन अनि यो चलिरहेको एक प्रयास हो भनी कसैले पनि प्रमाणित गर्न सक्दैन, त्यसो हो भने तपाईं कतै विद्यार्थीलाई आफ्नो विचार त पढाइरहनुभएको छैन, सर? त्यसो हो भने तपाईं वैज्ञानिक होइन, तपाईं त एउटा प्रचारक मात्र हो, होइन र? (कक्षामा होहल्ला सुरु हुन्छ।)
विद्यार्थीः यो कक्षामा तपाईहरुमध्ये कोही हुनुहुन्छ, जसले प्रोफेसरको मस्तिष्क देख्नुभएको छ? (कक्षा हाँसोले थर्किन्छ।)
विद्यार्थीः यहाँ कक्षामा कोही हुनुहुन्छ, जसले कहिल्यै प्रोफेसरको मस्तिष्कबारे सुनेको, यसको महसुस भएको, यसलाई स्पर्श गरेको वा यसको गन्ध थाहा भएको होस्? कसैले पनि छ भनेर यसको उत्तर दिएनन्। तसर्थ, अनुभवजन्य, स्थिर र प्रदर्शनयोग्य प्रोटोकलको स्थापित नियमअनुसार विज्ञानले भन्छ कि तपाईंको मस्तिष्क छैन, सर। हार्दिक सम्मानसाथ म भन्न चाहन्छु कि तपाईंको लेक्चरलाई हामीले विश्वास गर्न सक्छौं, सर? (हलमा सन्नाटा छाउँछ। प्रोफेसरले विद्यार्थीलाई हेरिरहन्छन्, उनको अनुहारमा गम्भीर भाव झल्किन्छ।)
प्रोफेसरः मलाई लाग्छ कि तिमीले उनीहरुलाई विश्वास दिलाउनुपर्छ, छोरा।
विद्यार्थीः त्यही हो सर….। मनिस र ईश्वरबीचको सम्बन्ध विश्वासमा अडिएको छ। वस्तविक सार यही हो, जसले सबै चीजहरुलाई चलायमान र जीवन्त राख्छन्।
यो रमाइलो र वास्तविक संवादले कक्षालाई तरंगित बनायो। प्रोफेसरसँग आफ्ना गहन तर्क राख्ने यी विद्यार्थी थिए–भारतका चर्चित वैज्ञानिक तथा पूर्वराष्ट्रपति एपिजे अब्दुल कलाम।
(इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) का प्रमुख वैज्ञानिक नाम्बी नारायणनका अनुसार कलामा ईश्वरमा प्रगाढ विश्वास राख्थे। स्रोतः इन्डियन एक्सप्रेस, जुलाई २९, २०१५)


प्रतिक्रिया दिनुहोस्